Logo

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा, डेनमार्कमा सबैभन्दा कम र सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा, डेनमार्कमा सबैभन्दा कम र सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले नेपाललाई उच्च भ्रष्टाचार हुने मुलुकको सूचीमा राखेको छ । टीआईले आज भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गर्दै नेपालाई भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा राखेको हो ।

टीआईको तथ्यांक अनुसार नेपालले सन् २०२१ को तुलनामा केही सुधार गर्दै सन् २०२२ मा ३४ अंक प्राप्त गरी ११० औं स्थानमा उक्लिएको छ । तर यो भ्रष्टार व्याप्त श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपालले ३३ अंक प्राप्त गरी ११७ औं स्थानमा रहेको थियो ।
टीआईको नजिता अनुसार यस वर्षपनि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ । डेनमार्कले १ सय अंकमा ९० अंक प्राप्त गरेको छ ।

यसैगरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । सोमालियाले १२ अंक मात्र प्राप्त गरेको छ । टीआईको सुचकाङ्कले १ सय अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट भन्ने जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरु बढी भ्रष्टाचार हुनेमा पर्दछन् ।

टीआईका अनुसार यसवर्षको औषत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचारको गम्भिर समस्या रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्