Logo

विकास खर्च ८० प्रतिशत पुर्याउन प्रमको निर्देशन, निर्माणका कार्यक्रमलाई गुणस्तरीय बनाउ

विकास खर्च ८० प्रतिशत पुर्याउन प्रमको निर्देशन, निर्माणका कार्यक्रमलाई गुणस्तरीय बनाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

साथै आगामी दुई महीनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउने गरी कामको चाँजोपाँजो मिलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक भएको बताए । ‘आगामी दुई महीनाभित्र विकास खर्च कम्तिमा पनि ८० प्रतिशत हुने गरी काम गरौ’ उनले भने । साथै ओलीले मन्त्रालयका सचिवसँग विकास बजेट खर्च नुहुनका कारण तथा लक्ष्य हासिल गर्ने तरिका बारेमा जिज्ञासा राखेका थिए ।

चैत मसान्तभित्र विकास खर्चको प्रगति केवल १८ प्रतिशत मात्र रहेको छ । कार्यक्रममा मन्त्रालयगत खर्च र प्रगति विवरण प्रस्तुत गर्दै सचिवले भूकम्प, लामो समयसम्मको नाकाबन्दी, योजना कार्यान्वयनमा लैजान झन्झटिलो प्रक्रिया र एक अर्का मन्त्रालयसँग जोडिएका विषयवस्तुले निर्धा्रित लक्ष्य समयमै प्राप्त गर्न चुनौती खडा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL