Logo

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा सरकारले नियुक्त गरेको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई योजना आयोगको सदस्य नियुक्त गरेको जानकारी दिइन् । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL