Logo

विनोद चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’ भारत, मूल्य भारु ३ सय १९

विनोद चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’ भारत, मूल्य भारु ३ सय १९


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’ भारतको नयाँ दिल्लीमा बुधवार लोकार्पण भएको छ । प्रतिष्ठित पुस्तक प्रकाशन पेन्गुइन बुक्स इन्डियाले यसको प्रकाशन गरेको हो ।

नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित लोकार्पण कार्यक्रममा फच्र्युन इन्डियाका सम्पादक तथा लेखक हिन्डोल सेनगुप्ताले विनोद चौधरीसँग पुस्तकबारे छलफल गरेका थिए । कार्यक्रममा आर. सी. भार्गव, मदन मोहन मित्तल, डा. नरेश त्रेहान, टी सुविरामी रेड्डी, सत्रुघ्न सिन्हा, पवन वर्मा, रामदास अग्रवाल, रवि जयपुरिया लगायतका भारतका प्रतिष्ठित व्यक्तित्वहरु उपस्थित थिए । भारतका आध्यात्मिक गुरु श्री श्री रवि शंकरले भिडियो सन्देशमार्फत पुस्तकको सफलताका लागि शुभकामना दिएका थिए ।

विनोद चौधरीको आत्मकथा सर्वप्रथम नेपालमा नेपालयले सन् २०१३ मा प्रकाशन गरेको थियो । यसको अंग्रेजी संस्करण पनि नेपालयले प्रकाशन गरी नेपाली बजारमा ल्याइसकेको छ । भारतबाट प्रकाशित पुस्तक ‘मेकिङ इट बिग’ भने यिनै नेपालका संस्करणहरुमा परिमार्जनसहित छापिएको हो । पेन्गुइनले यसको विक्री वितरण नेपालबाहेकको दक्षिण एशियाली राष्टŁ««हरुमा गर्ने बताइएको छ ।

आत्मकथाले नेपाली उद्यमी तथा समाजसेवी विनोद चौधरीको जीवनगाथा प्रस्तुत गरेको छ । उनले आप्mनो व्यवसायको थालनी तथा विस्तारका क्रममा देखाएका अदम्य उत्साहलाई पुस्तकले जीवन्त रुपमा प्रस्तुत गरेको छ । अल्पविकसित देश नेपालबाट व्यवसायको थालनी गरेर यसलाई विश्वस्तरमा पु¥याउने चौधरीको जीवनकथा खासगरी नेपालका युवापिढीका लागि प्रेरणाको स्रोत रहिआएको छ । प्रस्तुत अंग्रेजी संस्करणले यो प्रेरणादायी कथालाई विश्वका पाठकहरुसामु प्रस्तुत गर्नेछ ।

भारतमा मेकिङ इट बिगको मूल्य भारतीय रुपैयाँ २ सय १९ राखिएको छ । यसको इ–बुक संस्करणको मूल्य भने भारतीय ३ सय १९ रुपियाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL