Logo

हस्तकला व्यापार मेला बैशाख २३ देखि, १० करोडको कारोवार हुने अपेक्षा

हस्तकला व्यापार मेला बैशाख २३ देखि, १० करोडको कारोवार हुने अपेक्षा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १३ औं हस्तकला व्यापार मेला तथा ११औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी वैशाख २३ देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने मेला २७ गतेसम्म चल्ने भएको छ । मेलको नेपाल हस्तकला महासङ्घले आयोजना गर्न लागेको हो ।

नेपाली हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि आयोजना गर्ने मेलामा ३ लाख भन्दा बढिले अवलोकन गर्ने र करीव रू. १० करोडको कारोवार हुने आयोजकको अपेक्षा छ ।

मेलाको आर्कषणमा एघारौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, पेभेलियन प्रतियोगिता, जीवन्त प्रदर्शनी, हस्तकला प्रवद्र्धनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम, विदेशी पेभेलियनलगायत विभिन्न वस्तुको स्टल रहने महासंघले बताएको छ । मेलामा विशेषगरी पश्मिना, धातुकला, चाँदीका गरगहना, हाते कागजका सामग्री, ऊनी तथा फेल्टका सामान, काष्ठकलालगायत प्रदर्शनीमा राखिने छन् ।

मेलाले नेपाली हस्तकला उद्योगबाट उत्पादित सामानहरुको आन्तरिक र अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । साथै नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताहरुकाबीचमा व्यावसायिक सम्बन्ध विकासका लागि समेत मेलाको महत्वपूर्ण भूमिका हुने जानकारी दिए ।
मेलामा चीन, भारत लगायत एशिया प्रशान्त क्षेत्रका ५० भन्दा बढी विदेशी आयातकर्ता सहभागि हुने बताइएको छ ।

मेलामा मौलिक कलाको संरक्षण र संवद्र्धनका लागि प्रतियोगितात्मक हस्तकला प्रदर्शनी समेत गर्ने गरेको छ । प्रतियोगितामा प्रथम हुनेले ५०, द्धितिय हुनेले ३० र तृत्तीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL