Logo

जोखिम व्यवस्थापन सम्मेलन आयोजना गरिदै, बैंकिङ जोखिम समाधान गर्ने तरिकाबारे छलफल

जोखिम व्यवस्थापन सम्मेलन आयोजना गरिदै, बैंकिङ जोखिम समाधान गर्ने तरिकाबारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले बैशाख २२ गते राष्ट्रियस्तरको“जोखिम व्यवास्थापन सम्मेलन २०१६” को आयोजना गर्ने भएको छ । बैंकिङ जोखिम बढेको भन्दै एनबिआइले यसप्रकारको सम्मेलन आयोजना गर्न लागेको हो ।

यस क्षेत्रमा देखा परेका विभिन्न किसिमका जोखिमहरुको समाधान गर्ने तरिकाहरु आदान प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको एनबीआइद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी, स्ट्याण्डर्ड चार्टर्ड बैंक भारतमा सञ्चालन जोखिम प्रमुखका रुपमा काम गरी रहेका उदय भाष्कर भेमुरी तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्म ढुङ्गानाले प्रमुख वक्ताका रुपमा प्रस्तुतिकरण दिने कार्यक्रम रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख जोखिम अधिकृत गोपी भण्डारी, एभरेष्ट बैंकका नायवमहाप्रवन्धक राजेश गौतम, एन.आई.सी. एशिया बैंकका कार्यवाहकप्रमुखकार्यकारी अधिकृत लक्ष्मण रिसाल र तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंककापूर्व प्रमुखकार्यकारी अधिकृत अनल राज भट्टराई सम्मिलित छुट्टा छुट्टै प्यानल डिष्कसन गरी जोखिम व्यवस्थापन रणनीति तयार गर्नका लागिनि चोड निकाल्ने कार्यक्रम रहेको छ ।

सो को नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी र नेपाल एस.बि.आई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले नेतृत्व गर्ने बताइएको छ ।
हाल बैंक तथा वित्तीय संस्थामा निश्कृय कर्जा करिव ४५ अर्व रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु ऋण असुली न्यायाधिकरणको स्थापनासंगै करिव ४३अर्व रुपैयाँ दावी गरी करिव २ हजार आठ सय मुद्दाहरु दर्ता भई सकेका छन् । ११ वटा संस्थाहरु समस्याग्रस्त छन् भने ४ वटा संस्था त खारेजीमा नै गइसकेको छ ।

व्यवसाय विस्तार, व्यापार विविधिकरण, सेवा तथा सुविधाहरुको बृद्धि, प्रविधिमा भर पर्नु पर्ने बाध्यता, अस्वस्थ्य प्रतिस्पधालगायत कारणले जोखिम बृद्धि हुँदै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL