Logo

फोहोर व्यवस्थापन जिम्मा २ कम्पनीलाई, मेट्रो रेलको संभाव्यता अध्ययनका लागि म्याद थपिने

फोहोर व्यवस्थापन जिम्मा २ कम्पनीलाई, मेट्रो रेलको संभाव्यता अध्ययनका लागि म्याद थपिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा २ निजी कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बुधवार वसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको हो ।

जस अनुसार काठमाडौंको प्याकेज अन्तरगत नेपवेष्ट तथा ललितपुर, भक्तपुर तथा किर्तिपुर नगरपालिकाको प्याकेज २ र ३का लागि विभिजी इन्डिया, ग्रिनफिल्ड वेस्ट म्यानेजमेन्ट कम्पनी एण्ड केआरवाइएसएस इन्टरनेशनल जेभी ( क्लिन भ्याली कम्पनी, सिभिसी)ले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन सशर्त स्वीकृत गरेको हो ।

बोर्डले राखेको सर्त पूरा गरेपछि बोर्डले परियोजना कार्यान्वयनका लागि अनुमति दिने बताइएको छ ।

त्यसैगरी उपत्यकामा मेट्रो रेल सञ्चालनको दिगोपनालाई निश्चित गर्न बस र्यापिड ट्रान्जिट र मेट्रो केवल कार निर्माणको सम्भाव्यता अध्ययर्न अघि बढाउने निर्णय पनि गरेको छ । साथै सो संभाव्यता अध्ययनको लागि प्राप्त प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने निर्णय बोर्ड बैठकले गरेको छ ।

बोर्डको बैठकले उपत्यकामा मेट्रो रेलको संभाव्यता अध्ययनको अनुमति पाएको कम्पनीलाई बिस्तृत परियोजना प्रस्ताव पेश गर्न चार महिना म्याद थप्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपालमा जिओ थर्मल प्लाण्टको विकास गर्ने सम्वन्धि प्रस्तावहरु लगानी बोर्ड ऐन २०६८ बमोजिक कार्यन्वयन गर्न तोक्ने निणर्यका लागि नेपाल सरकार मन्त्रिपरिषदको बैठक समक्ष प्रस्ताव लाने निणर्य गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी ओलीले विकास निर्माणको काममा कुनै पनि बहानामा वा अधिकारीबाट हुने ढिलासुस्ती स्वीकार्य नहुने बताए । साथै बोर्डका निर्णयहरु सम्वद्ध सरकारी निकायले अनिवार्य कार्यान्वयन गर्नै पर्ने बताए ।

बैठकमा अर्थमन्त्री विष्णुप्रस्ताव पौडेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सूचना तथा सञ्चार मन्त्री शेरधन राई, योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL