Logo

सम्पत्ती शुद्धीकरण र भन्सार विभागबीच, न्युन बिजकीकरण रोकिने

सम्पत्ती शुद्धीकरण र भन्सार विभागबीच, न्युन बिजकीकरण रोकिने


बिजखबर संवाददाता
0
Shares

काठामाडौं । भन्सार प्रशासनमा हुन सक्ने संभावित सम्पत्ती शद्धीकरणका प्रयासलाई रोकेर राजस्व प्रशासनको प्रभावकारिता बृद्धि गर्ने उद्देश्य अनुरुप सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभागबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमबीच सम्पती शुद्धदीकरण करण विभागका महानिर्देशक दामोदर रेग्मी र भन्सार विभागका महानिर्देशक शिसिरकुमार ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिसँगै भन्सार विभागलाई अवैध निकासी पैठारी रोक्ने काममा र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई सम्पत्ती शुद्धीकरण नियन्त्रणमा भन्सार प्रशासनको सहयोग परिचालनमा सहयोग पुग्ने भएको छ ।

हाल देशमा अनौपचारिक अर्थतन्त्रको कारण राज्यको ढुकुटीमा जम्मा हुनु पर्ने रकम निश्चित व्यक्तिमा केन्द्रीत भै अस्वस्थ आर्थिक वातावरण सिर्जना भैरहेको अवस्थामा उक्त सम्झौताले सहयोग गर्ने भएको छ । साथै, भन्सार विन्दूमा कम मूल्य घोषणा गर्ने, कम परिमाण घोषणा गर्ने र वढी भन्सार दर लाग्ने वस्तुलाई कम दर लाग्ने गरी घोषणा गर्नाले राज्यले ठूलो मात्रामा राजस्व गुमाउनु परेको ठहर गर्दै दुई संस्थाबीच सम्झौता भएको हो । व्यवसायीले न्युनविजकीरण गर्दा भन्सारमा कम कर तिर्ने तथा जनताले बढी मूल्यमा सामान किन्नु परिरहेको छ विभागले जानकारी दिएको छ ।

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले हालसम्म विभिन्न निकायहरुसँग यस्तो सम्झौता गरिसकेको छ । केही समय अघि केन्द्रीय अनुसन्धान व्यूरो, अध्यागमन विभाग, कम्पनी रजिष्टारको कार्यालय, भूमिसुधार विभाग, यातायात व्यवस्था विभाग , सहकारी विभागसँग यस्तो सम्झौता गरिसकेको छ । साथै आगामी दिनमा पनि यस्ता खालका सम्झौता गरिने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL