Logo

गलैंचा निकासीकर्ता संघको साधारण सभा सम्पन्न, निर्यातमा नगद प्रोत्साहन बढाउन आग्रह

गलैंचा निकासीकर्ता संघको साधारण सभा सम्पन्न, निर्यातमा नगद प्रोत्साहन बढाउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको वाणिज्य मन्त्री जयन्तचन्दले उदघाटन गरे । सभामा नेपाल उद्योग बािणज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधरलगायत उपस्थित थिए ।

उनीहरुले नेपाली गलैंचाका प्रबद्र्धन गर्न निर्यातमा नगद प्रोत्साहन बढाउनु पर्ने बताए । साथै उद्योगलाई आयकर समेत मुक्त गर्न सरकारलाई सुझाव दिए ।

मन्त्रालयका निमित्त सचिब तोया नारायण ज्ञावालीले सरकारले गलैंचालाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन लागेको जानकारी दिए । साथै सरकार निर्यात प्रबद्र्धनमा गम्भीर रहेको बताए ।

समारोहमा गलैंचा निकासी गर्ने उत्कृष्ट कम्पनीहरु, गलैंंचा क्षेत्रलाई योगदान पु¥याउने सरकारी एवंम नीजि क्षेत्रका व्यक्तित्व र कार्यक्रम प्रायोजकहरुलाई प्रमुख अतिथिले कदर एवंम सम्मान पत्र वितरण गरे ।

सो अवसरमा संघका संस्थापक एवंम निबर्तमान अध्यक्ष कबिन्द्र नाथ ठाकुर, हिमालयन ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक बि. के. श्रेष्ठ , सेनन कार्पेट इण्डष्ट्रिका प्रबन्ध निर्देशक तथा संघका सल्लाहकार एवंम नेपाल जर्मन चेम्बरका अध्यक्ष सेनन दोर्जे लामालाई प्रसिडेन्ट रिकगजाइजेशन अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी समारोहमा गलैंचा प्रबद्र्धनमा सरकारी तहमा रहेर योगदान पु¥याएका मन्त्रालयका पूर्ब सचिब पुरुषोत्तम ओझा र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेलाई प्रशांसा पत्रद्धारा सम्मानित गरिएको थियो ।

त्यस्तै आ.ब. २०७१/७२ मा परिमाणका आधारमा सबैभन्दा बढी गलैंचानिकासी गर्ने कम्पनीहरु प्यारामाउण्ट कार्पेट इण्डष्ट्रि, हिमालयन आर्ट कार्पेट र एनपि रग्स प्रा. लि. र मूल्यका आधारमा सबै भन्द बढी गलैंचा आयात गर्ने द शांग्रिला कार्पेट एण्ड ह्याण्डि काफ्ट इण्डष्ट्रिज प्रालिलाइ एक्सपोर्ट एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।

सो अवसरमा नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्लले सरकारले निर्यात क्षेत्र हेर्ने अलगमन्त्रालय वा बिभाग खडा गर्नु पर्ने सुझाब दिए ।

सरकारको निर्यात मैत्री नीतिका अभाबका कारण अन्तर्राष्ट्रिय बजारमा निर्यातकर्ताहरुले प्रतिस्पर्धा गर्न नसकिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL