Logo

कृषि यान्त्रीकरण विषयक गोष्ठी शुरु, कृषिलाई प्रतिस्पर्धी बनाउन यान्त्रीकरण आवश्यक

कृषि यान्त्रीकरण विषयक गोष्ठी शुरु, कृषिलाई प्रतिस्पर्धी बनाउन यान्त्रीकरण आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण एशियामा कृषि यान्त्रीकरणः नेपालमा कृषि विकासका लागि प्रवृत्ति, अवस्था र कार्यान्वयन विषयक दुई दिने अन्तर्राष्ट्रि«य गोष्ठीमंगलवारदेखि काठमाडौंमा शुरु भएको छ । यूएसएआईडीको फण्डिंग रहेको पोलिसी रिफर्म इनिसिएटिभ प्रोजेक्टअन्तरगत इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्टिच्यूट (इफ्री), कृषि विकास मन्त्रालय र सर्वागींण विकास अध्ययन केन्द्रको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल, भारत, बंगलादेशका कृषि विज्ञहरुको सहभागीता रहेको छ ।

गोष्ठीको उदघाट्न कृषि विकास मन्त्री हरिबोल गजुरेलले गरे । सो अवसरमा उनले आगामी दश वर्षमा नेपालको कृषि छिमेकी मुलुक भारत र चीनको बराबर तहमा विकास हुने बताए । साथै एकिकृत कृषि विकास रणनीति अन्तरत सरकारले संघिय रुपमा ७ वटा सूपर जोन कृषि क्षेत्र बनाउन लागेको जानकारी दिए ।

मन्त्री गजुरेलले परम्परागत कृषिलाई आधुनिक र यान्त्रीकरण गर्न सरकारले विशेष योजना ल्याउन लागेको जानकारी समेत दिए । त्यस्तै कृषिको यान्त्रीकरणले मात्र लागत घटाउन सकिने जिकिर गरे ।

सो अवसरमा कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले नेपालमा सिमित क्षेत्रमा मात्र यान्त्रीकरण गरिएको भन्दै खेती योग्य जमिनहरु बाँझो हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले उपकरण तथा यन्त्रहरुलाई कसरी संभाव्य बनाउने भन्ने चुनौती रहेको भन्दै सिमान्तकृत कृषकहरुलाई माथि उठाउन केन्द्रित हुनुपर्ने बताए ।

परियोजनाका कार्यक्रम व्यवस्थापक अनुसन्धान विज्ञ डा. अन्जनी कुमारले कृषिलाई प्रतिस्पर्धी, सक्षम बनाउनकृषिको यान्त्रीकरण गर्नु आवश्यक भएको बताए । त्यसैगरी यूएसएड नेपालका मिसन डाइरेक्टर पिटर माल्नाकले ७० प्रतिशत भन्दा बढि जनता कृषिमा आबद्ध भएको नेपालमा गरिबि घटाउन यान्त्रीकरणले नाटकिय भूमिका खेल्नसक्ने बताए । कृषि यान्त्रीकरणले समाजमा समावेशी विकास गर्न र गरिबी घटाउन सहयोग पुग्ने उनको भनाई थियो ।

यूएसएड नेपालका मिसन डाइरेक्टर माल्नाकले सरकारको कार्यअवस्थामा सुधार हुँदै आएको हुँदा निजी क्षेत्रको सहयोगमा कृषि यान्त्रीकरणबाट समावेशी विकास गर्न सकिने स्पष्ट पारे ।

गोष्ठीमा इफ्री भारत, बंगलादेश एग्रिकल्चर यूनिर्भसिटी, यूनिर्भसिटी अफ लण्डन, आईसिएआर इण्डिया, एशियन इन्टिच्यूट अफ टेक्नोलोजी, इफ्री, वासिंगटन डिसी, आईडिई नेपाल, नार्क, एफएनसीसीआई, भन्सार विभाग, वन तथा भू संरक्षण मन्त्रालय, कृषि मन्त्रालयलगायतका संस्थाहरुबाट ८० भन्दा बढि सहभागीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL