Logo

चिठ्ठाको नाममा ठगी बढ्यो, अन्तरराष्ट्रिय गिरोह नै सक्रिय

चिठ्ठाको नाममा ठगी बढ्यो, अन्तरराष्ट्रिय गिरोह नै सक्रिय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय चिठ्ठाको नाममा ठगी गर्ने क्रम बढेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ । त्यस्ता खालका गतिविधिमा अन्तरराष्ट्रिय गिरोह नै सक्रिय भएको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘विगत केही समय अघि देखि विभिन्न विषयमा हुँदै नभएको चिठ्ठा पर्यो भनी ठग्ने अन्तराष्ट्रिय गिरोह सक्रिय भएको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘कसैले मोबाइल नम्बरमा वा ईमेलमा नेपाल तथा विदेशको कुनैपनि नम्बरबाट लक्की ड्र परेको भनि फोन, म्यासेज वा ईमेल गरेको छ भने त्यो ठगी गर्ने प्रयोजनको लागि गरिएको हो ।’ त्यस्ता खालका म्यासेज वा फोन आएमा सजक रहन ब्यूरोले आग्रह गरेको छ ।

ब्यूरोका अनुसार त्यस्तो प्रकारको फोन, म्यासेज वा ईमेलको प्रतिक्रिया गर्दा ठगहरुले ठुलो रकम भएकाले त्यसलाई नेपाल पठाउन कर शुल्क तथा वकिल बापत केही शुल्क लाग्छ भनी हुण्डी वा कुनै बैक खातामा पैसा जम्मा गर्न अनुरोधन गरी ठग्ने गरेका छन् । साथै, त्यस्ता खालका अनुरोध गरेमा इमेल तथा पैसा जम्मा नगर्न आग्रह गरेको छ । प्रलोभव देखाउले खालमा इमेल तथा फोन आएमा केन्द्रिय अनुसन्धान ब्यूरोमा जानकारी गरान समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL