Logo

चेम्वर अफ कमर्स र कोरियाका सभामुख टोलिवीच भेट, नेपालमा लगानी गर्न आग्रह

चेम्वर अफ कमर्स र कोरियाका सभामुख टोलिवीच भेट, नेपालमा लगानी गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गणतन्त्र कोरियाका राष्ट्रिय सभाका सभामुख चुङ वी हवाले नेपालको नयाँ सम्विधान मार्फत चाडैं नै आर्थिक सम्वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिसंगको भेटघाट कार्यक्रमका अवसरमा सभामुखले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनले नयाँ संविधानले नेपालमा राजनैतिक स्थिरता हुनुका साथै आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल र कोरिया विचको सम्वन्ध बारे चर्चा गर्दै नेपाल कोरियाको असल छिमेकी भएको बताए ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उच्चस्तरीयकोरियन प्रतिनिधिमण्डललाई स्वागत गर्नु हुदैं हवाको नेपाल भ्रमणले दुई देश विचको सम्वन्ध विस्तारमा ठोस मद्दत पुग्न जाने विश्वास व्यक्त गरे ।

भेटघाट कार्यक्रमले नेपाल र कोरियाका व्यवसायीहरु विचको सम्वन्ध अभिवृद्धि भई दुई देश विचको आर्थिक क्रियाकलाप अभिवृद्धि हुने समेत बताए ।

अध्यक्ष श्रेष्ठले कोरियाली उत्पादनहरु नेपालमा प्रख्यात रहेकोले नेपालमै उत्पादन गर्न समेत कोरियाली लगानीकर्तालाई अनुरोध गरे । साथै नेपालमा संविधान निर्माण पश्चात लगानीका लागि उपयुक्त अवसर रहेकोले भारत र चीन जस्ता ठूला बजारबाट फाईदा लिन समेत कोरियाका उद्यमी व्यवसायीलाई अनुरोध गरे ।

कोरियन उच्च स्तरी भ्रमण प्रतिनिधिमण्डलका विभिन्न ओहदाका २५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL