Logo

फोटोपत्रकार जोशी सम्मानित,‘नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट’ फोटो बुकको बिमोचन

फोटोपत्रकार जोशी सम्मानित,‘नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट’ फोटो बुकको बिमोचन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फोटोपत्रकार दिबसको अबसरमा फोटोजर्नालिस्ट क्लब, नेपालले बरिष्ठ फोटोपत्रकार बिनोद जोशीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमवीच सूचना तथा संचार मन्त्री शेरधन राइले प्रमाणपत्र दिएका थिए ।

यसै अबसरमा फोटोपत्रकार क्लब नेपालले “नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको पनि बिमोचन गरेको छ ।

कार्यक्रममा २०६९ सालको फोटोप्रतियोगितामा समाबेश १ सय ५० फोटोहरुको संगालो पुस्तक बिमोचन गरिएको हो । फोटो बुकको बिमोचन सूचना तथा संचार मन्त्री शेरधन राई, फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतो, नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्ट, आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललगायतले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा मन्त्री राइले फोटोपत्रकारहरुले झेल्नुपरेका धेरै समस्याहरुका बारेमा आफू जानकार रहेको बताए । साथै यसका लागि सरकार क्लबसँग मिलेर समस्या समाधानका लागि अगाडी बढ्न तयार रहेको बताए ।

फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष महतोले महतोले संचार मन्त्री राइलाई फोटोहरुको संगालो इतिहाँस भएकोले यसलाई शुरक्षित गरी नेपाल सरकारले म्युजियममा भाबी पीडिका लागि जोगाउन आग्रह गरे ।

आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले फोटोपत्रकारहरु सँगको सहयात्रा तेस्रो बर्षमा प्रबेश गरेको र आउने दिनमा पनि फोटोपत्रकार क्लब नेपाल सँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL