Logo

सांस्कृतिक सम्पदाको पुन: निर्माण शुरु, सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता

सांस्कृतिक सम्पदाको पुन: निर्माण शुरु, सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनः निर्माण शुरु भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आयोजित कार्यक्रममा वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गरे । सो अवसरमा वसन्तपुरका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा बनाउने अभियान सुरु गरेका छन् ।

कार्यक्रममा नेता पौडेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदा एवम् जनताको घर निर्माण गर्न सरकारले तदारुकता दिन नसकेको बताए । साथै सरकारले पुनःनिर्माण सुरु गर्न ढिलाइ गर्दा दाताले दिएको अनुदान फिर्ता जाने खतरा बढेको भन्दै एक वर्षसम्म सरकारले पुनःनिर्माणको काम अघि बढाउन नसकेकोले यसबाट सबैमा निराशा छाएको बताए ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सांस्कृतिक सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता व्यक्त गरे ।

भूकम्पमा पूर्ण क्षति भएका १ सय ४ सम्पदामध्ये ४९ सम्पदा पुनःनिर्माणका लागि ठेक्का गरी आजबाट काम सुरु गरिएको पुरातत्व विभागले जानकारी दिएको छ ।

सोमबार वसन्तपुरको वंशागोपाल मन्दिरसँगै स्वयम्भूको अनन्तपुर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL