Logo

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो नेपाली बजारमा ?

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो नेपाली बजारमा ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि १० रुपैयाँका वृद्धि देखिएको महासंघले जानकारी दिएको छ । नेपाली बजारमा सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्