Logo

भुकम्प गएको १ बर्ष आज, चार स्थानबाट पुनर्निर्माण शुभारम्भ गरिदै

भुकम्प गएको १ बर्ष आज, चार स्थानबाट पुनर्निर्माण शुभारम्भ गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प गएको १ बर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक,धार्मिक तथा सास्कृतिक सम्पदा पुनः निर्माण शुरु गर्ने भएको छ । पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनः निर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनः निर्माण शुभारम्भबाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, पाटन दरबार क्षेत्रमा रहेको मणिमण्डपको पुनः निर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताइएको छ । त्यसैगरी वंशगोपाल मन्दिर, हनुमानढोकाको पुनः निर्माणको नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले शुभारम्भ गर्नेछन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनः निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

पुनः निर्माणको कार्य सोमबार चार स्थानमा ९ बजे एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्षनेताले शुभारम्भ गर्ने छन् । पुनः निर्माणको शुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताको उपस्थितिमा गत एक वर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्बिर तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

गत माघ २ गते राष्ट्रपति तथा प्रधानमन्त्रीले रानीपोखरी पुनः निर्माणको उद्दघाटन गरेका थिए । अन्य क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनः निर्माण पनि सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL