Logo

बैशाख १५ देखि मधेशी सहित २७ दलको आन्दोलन, आपूर्ति व्यवस्थामा असर पर्ला ?

बैशाख १५ देखि मधेशी सहित २७ दलको आन्दोलन, आपूर्ति व्यवस्थामा असर पर्ला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मधेशी मोर्चा सहित २७ दलले यही बैशाख १५ गतेदेखि पुनः आन्दोलन शुरु गर्ने भएका छन् । संविधान पुनर्लेखनका लागि दवाव दिने भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले आज पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएका हुन् । २७ दल सम्मिलित उक्त समुहलाई ‘संघीय गठवन्धन’को नाम दिइएको छ । आगामी वैशाख १५ बाट सुरु हुने पहिलो चरणको आन्दोलन जेठ १ गतेसम्म चल्नेछ ।

कार्यक्रम अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा देखाउने देखि सिंहदरबार घेर्नेसम्म रहका छन् । वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, १७ गते सरकारी कार्यालयहरुमा कालो झण्डा देखाउने भएका छन् ।

यसैगरी, १९ गते मुख्य सहरहरुमा जनप्रदर्शनसहित मजदुर दिवस मनाउने २१ देखि ३१ सम्म देशका विभिन्न स्थानमा विरोध सभाहरु गरिने भएको छ भने जेठ १ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव छन् । यसैगरी राष्टिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजु, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्यमरत्न तुलाधर, थारुवान संयुक्त संघर्ष समितिका अध्यक्ष होरीलाल चौधरी लगायत छन् ।

उनीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार आपूर्ति व्यवस्थामा भने असर नपर्ने देखिएको छ । केही समय अघि भएको मधेशी दलको आन्दोलनले देशको आपूर्ति व्यवस्थामा ठूलो असर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL