Logo

बुद्ध एयरले आइतबारदेखि पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने

बुद्ध एयरले आइतबारदेखि पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने



काठमाडौँ । बुद्ध एयरले आइतबारदेखि आफ्ना सबै उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ देखि सञ्चालनमा आउन लागेको बुद्ध एयरले जानकारी गराएको छ ।

यस विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएकाले कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्नका लागि तयारी पूरा गरिसकेको जनाएको छ । विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउन्टर नम्बर ३, ४ र ५ तोकिएको छ ।

यस विमानस्थलबाट काठमाडौंजस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने विज्ञप्तिमार्फत् जनाइएको छ । नागरिक प्राधिकरणको अनुमतिमा बुद्ध एयले २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान समेत गर्ने जनाएको छ । अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL