Logo

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार र सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य भने पछिल्लो ३ दिनदेखि स्थिर छ । महासंघका अनुसार आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ कारोबार भएकोमा आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्