Logo

अर्थतन्त्रमा चुनौतिहरु समाधान गर्न सकिने खालका छन, अर्थतन्त्रले चाँडै पुनर्जिवन पाउनेछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा चुनौतिहरु समाधान गर्न सकिने खालका छन, अर्थतन्त्रले चाँडै पुनर्जिवन पाउनेछ : अर्थमन्त्री पौडेल



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले हाल अर्थतन्त्रमा देखिएका चुनौति समाधान गर्न सकिने खालका रहेको बताएका छन् । सोमबार साँझ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि सक्दो प्रयास गर्नेसमेत बताएका छन् ।

पदभार ग्रहणमा बोल्दै उनले हाल अर्थतन्त्रमा देखिएका समस्याहरुको सुक्ष्म अध्ययन गरी त्यसका समाधानका बिषयमा गहन भएर काम गर्ने बताए । यसका लागि मन्त्रालयका कर्मचारीहरुको साथ, सहयोग र समर्थनमा चाँडै अर्थतन्त्रलाई पुनर्जीवन दिन सकिनेमा उनले विश्वास व्यक्त गरे ।

‘म सकेसम्म मितव्ययितामा संवेदनशिल हुन्छु,’ उनले भने, ‘हाल उच्च रहेको चालू खर्चलाई नियन्त्रण गरी पूँजीगत खर्च धेरैभन्दा धेरै परिचालन गर्नु मेरो दायित्व हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्