Logo

अर्थमन्त्रीमा विष्णु पौडेल निश्चित, यस्तो छ सत्ता साझेदर बैठकको सहमति

अर्थमन्त्रीमा विष्णु पौडेल निश्चित, यस्तो छ सत्ता साझेदर बैठकको सहमति



काठमाडौं । एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । आज संसद भवन बानेश्वरमा बसेको ७ दलीय सत्ता साझेदारको बैठकले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी पाउनेगरी एमालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

विष्णु पौडेललाई सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्रीका रुपमा लिईन्छ । यसअघि २०७२ र २०७७ सालमा उनी अर्थमन्त्री हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा हालसम्मकै उच्च वृद्धि भएको थियो । यससँगै उनी तेस्रोपटक अर्थमन्त्रालयको बागडोर सम्हाल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्