Logo

उद्योग मन्त्रालयको जिम्मा जनमत पार्टीलाई, को हुँदैछन् उद्योग मन्त्री ?

उद्योग मन्त्रालयको जिम्मा जनमत पार्टीलाई, को हुँदैछन् उद्योग मन्त्री ?



काठमाडौं । मन्त्रालयको भागबण्डामा सिके राउतको पार्टी जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाएको छ । पार्टीका अध्यक्ष सीके राउतले ७ दलीय बैठकले उक्त जिम्मेवारी दिएको बताएका हुन् ।

संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।

पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान मन्त्रालयको जिम्मेवारीमा जाने भएपनि आफु भने सरकारमा नजाने सीके राउतले बताए । जनमत पार्टीले कुल ६ सिटमध्ये एउटा प्रत्यक्षतफ र बाँकी ५ सिट समानुपातिकबाट प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL