Logo

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

गएको शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बढ्दै प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको हो ।

आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर देखिन्छ । शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा किनबेच भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्