Logo

नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ हुने

नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ हुने



काठमाडौं । काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो ।

स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्बतर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पुर्‍याउन प्रदर्शनीबाट सहयोग पुग्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए । स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उनले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

सङ्घका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशिनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए । ‘मेलाबाट जुत्ता चप्पलको व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने । प्रदर्शनीमा नेपालभरका जुत्ता चप्पल व्यवसायसँग सम्बधित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ ।

तीन दिनसम्म चल्ने उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । थोक तथा खद्रा व्यवसायीले समेत प्रदर्शनीको अवलोकन गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL