Logo

५ महिनामा ९ करोड २८ लाखको कण्डम खपत

५ महिनामा ९ करोड २८ लाखको कण्डम खपत



काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो ५ महिनामा नेपालमा सवा ९ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालमा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७ हजार ३ सय ९० थान कण्डम आयात भएको हो ।

मेडिकल सामग्रीको आयातमा कर ज्यादै न्युन लाग्ने भएपछि नेपाल सरकाले यस अवधिमा कण्डम आयातमार्फत जम्मा २ हजार रुपैयाँ मात्रै आयात राजस्व असुल गरिएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL