Logo

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातारो उकालो लाग्दै छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । उक्त मूल्य आज बढ्दै प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँले बढ्दै १४ सय ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्