Logo

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै, कसले जित्ला उपाधि ?

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै, कसले जित्ला उपाधि ?



काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुदै छ । फाइनल खेल नेपाली समय अनुसार राति ८ ४५ बजेदेखि हुने छ ।

डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेर विश्वकपको तेस्रो उपाधि जित्ने दौडमा रहेको छ भने अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप उपाधि जित्ने तयारीमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्स अहिलेसम्म १२ पटक आमने सामने भएका छन् । जसमा अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले ३ पटक जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् ।

त्यस्तै विश्वकपमा भने यी दुवैबीच अहिलेसम्म तीन खेल भएका छन् । जसमा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले एक पटक जित हासिल गरेको छ । पछिल्लो पटक यी दुवै टिम बीच २०१८ को विश्वकपमा खेल भएको थियो र सो खेल फ्रान्सले ४–३ गोल अन्तरले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL