Logo

विकास खर्च र बजेटमा केन्द्रित रहन मन्त्री थापाको निर्देशन, सेवालाई प्रभावकारी बनाउ

विकास खर्च र बजेटमा केन्द्रित रहन मन्त्री थापाको निर्देशन, सेवालाई प्रभावकारी बनाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले चालु आर्थिक बर्षको वाँकी अवधिमा मन्त्रालय तथा सो अन्तरगतका विभाग र निकायहरुमा बजेटलगायत अन्य समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आइतवार मन्त्रालयमा आयोजित दोश्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

उनले संंविधान र सरकार स्थानीय निकायको सम्वन्धमा स्पष्ट भएकोले स्थानीय निकायको विकास र सेवा प्रवाहमा मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए ।

उक्त अवसरमा मन्त्रालयका सह सचिव मधुसुदन बुर्लाकोटीले कार्यक्रमको उद्देश्य एवम् मन्त्रालय अन्तरगत सम्पादित कार्यक्रम तथा आयोजनाको समग्र प्रगति प्रस्तुत गरेका थिए । उनले आ।व। ०७२।७३ को कूल बजेट रु ७७ अर्व २३ करोड ९३ लाख ८ हजार विनियोजन भएकोमा कूल खर्च २६ अर्व ५६ करोड ६९ लाख ०५ हजार खर्च भएको विवरण पेस गरेका हुन् ।

विनियोजनको ३४ दशमलव३९ प्रतिशत खर्च भएकोमा चालु तर्फ ४१ दशमलव ७४ प्रतिशत र पूँजीगत तर्फ १७ दशमलव ८६ प्रतिशत खर्च भएको विवरणमा उल्लेख छ । कार्यक्रममा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटा र केन्द्रीय पन्जीकरण विभागका निर्देशक शंकर नेपालले आ९आफ्नो विभाग अन्तरगतका कार्यक्रम तथा आयोजनाहरुको समग्र अवस्था समेत प्रस्तुत गरेका थिए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले समीक्षा बैठकमा समग्र वस्तुस्थितिको चित्रण भएको र प्रस्तुत कतिपय समस्याहरुमा आन्तरिक कारण समेत भएकोले सोको समाधान आवश्यक भएको बताए । साथै आयोजना तथा कार्यक्रमको लक्षित प्रगति हुन नसकेमा के र कति कारणबाट हुन नसकेको होलगायत प्रमाणित अभिलेख राखी मन्त्रालयलाई पारदर्शी हिसावबाट सूचना दिन निर्देशन दिए ।

साथै चालु आ।व।को वाँकी अवधिमा तदारुकताका साथ काम गरी तोकिएको लक्ष्य हासिल गर्ने, आर्थिक अनुशासनमा जोड दिने, स्थानीय सुशासनलाई प्रभावकारी बनाउने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन समेत निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। सुमित्रा अमात्य, मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, सह सचिवहरु, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशकलगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा प्रस्तुत भएका विषयहरुका साथमा समस्याहरु समेत देखिएकोले सोको सम्वोधनका लागि उचित कार्यान्वयन संयन्त्र खडा गरी कार्यान्वयनमा लैजाने र कार्यक्रमगत÷आयोजनागत सघन अनुगमन गर्न समेत मन्त्री कमल थापाले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL