Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाले ओरालो लागेको हो ।

बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । आज घटेर सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि १० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्