Logo

दक्षिण एशियामा वायुप्रदुषण उच्च रहेको विश्व बैंकको चेतावनी, प्रभाव रोक्न तत्काल एक्शन लिनुपर्ने

दक्षिण एशियामा वायुप्रदुषण उच्च रहेको विश्व बैंकको चेतावनी, प्रभाव रोक्न तत्काल एक्शन लिनुपर्ने



काठमाडौं । विश्व बैंकले दक्षिण एशियामा फैलिइरहेको घातक वायुप्रदुषण रोक्न चाँडै एक्शन लिनुपर्ने बताएको छ । विश्वका १० सबैभन्दा बढी वायु प्रदुषणयुक्त शहरहरुमध्ये ९ शहर दक्षिण एशियामै छन् ।

जसमा हालसम्मकै घातक वायुप्रदुषणको स्तर उच्च छ । जसका कारण बार्षिक २० लाख बढी नागरिकको अकालमै ज्यान जाने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । यी सबै समस्याबाट उम्किन सरल र भरपर्दाे उपायहरु अबलम्बन गर्नुपर्ने प्रतिवेदनमा बताईएको छ ।

दक्षिण एशियाका धेरैजसो शहरहरुमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी मात्रामा वायु प्रदुषणको सुचक छ ।

विश्वका धेरैजसो देशहरुमा ठुला उद्योग, पावरप्लान्टलगायतका क्षेत्रहरुबाट अत्याधिक मात्रामा वायुप्रदुषण हुने तत्वहरु उत्सर्जन हुन्छन् । तर, दक्षिण एशियामा भने यसको उत्सर्जन फरक तरिकाले हुन्छ । यहाँ साना उद्योगहरु वस्तु उत्पादन गर्नका लागि बाल्ने ठोस ईन्धनबाट अत्याधिक मात्रामा कार्वनडाईअक्साईड उत्सर्जन हुन्छ ।

यसका लागि दक्षिण एशियाका देशहरुले वायु प्रदुषण न्युनीकरणका लागि जनचेतना फैलाउने, साना उद्योगमा न्युन ईन्धन प्रयोग गर्नेलगायतका उपायहरु विश्व बैंकले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्