Logo

आइएमई क्योदाई योजनाको दोश्रो साताको नतिजा सार्वजनिक, सुरज ढकाल बने विजेता

आइएमई क्योदाई योजनाको दोश्रो साताको नतिजा सार्वजनिक, सुरज ढकाल बने विजेता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घोषणा गरेको छ । जसमा सुरज ढकालले जापान–नेपालका लागि एक राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका छन् । उनले जापान स्थित क्योदाईको होकाईदो शाखाबाट ट्रान्जेक्शन नम्बर ९०८०९७५६१९४ मा नेपाली रुपैयाँ १ लाख ३३ हजार पठाएका थिए ।

क्योदाई जापान र आईएमई लिमिटेड नेपालका कर्मचारीवीचको भिडियो कल कन्फरेन्स आयोजना गरि १५ अप्रिलमा सफ्टवेर पद्वातिमा आधारित रहेर उक्त नतिजा सार्वजनिक गरिएको थियो ।

आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो ।

यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउण्ड ट्रिप टिकेट जित्न सक्नेछन् ।

पहिलो साताको विजेतामा क्योटो जापानमा रहेका विजय श्रेष्ठ सफ्टवेरद्वारा सन्चालित गोलाप्रथाबाट छनोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL