Logo

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँको गिरावट आएको छ । बुधबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्