काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गग कीर्तिपुरमा भएको खेलमा नेपालले सानदार जीत हात पारेको छ । शनिवार भएको खेललमा नेपालले नामिवियामाथि पाँच विकेटले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पाँच विकेटले विजयी भयो ।
नेपालको जीतका लागि विनोद भण्डारीका तीन छक्का, पारस खड्काले दुई छक्का महत्वपूर्ण रहे । नेपाली टोलीका फिनिसरका रुपमा रहेका शरदले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् । उनले ९९ बलमा ३ चौका हानेका थिए ।
त्यस्तै ४९ बलमा ४० रन पूरा गर्ने क्रममा विनोदले ३ छक्का र एक चौका हानेका छन् ।