भारतका सार्वजनिक क्षेत्रका तेल मार्केटिङ कम्पनीले डिजेल र पेट्रोलको भाउ घटाउने घोषणा गरेको छ । तेल कम्पनीले डिजेलमा १ दशमलव ३० भारु प्रतिलिटर तथा पेट्रोलमा ७४ पैसा कटौती गरेको हो ।
नयाँ मूल्य आज देखि लागु हुने बताइएको छ । त्यस्तै दिल्लीमा गैर ब्राण्डेड तेलको मूल्य ६१ रुपए डिजेलको ४८ रुपैयाँ हुनेछ ।
यस अघि तेल कम्पनीले अप्रिल पाँचमा पेट्रोल र डिजेलको भाउ बढाएको थियो ।