Logo

एनबिआईद्धारा ट्राफिक व्यवस्थापन कार्यशाला सम्पन्न, दुुर्घटना न्यूनिकरण गर्ने उद्देश्य

एनबिआईद्धारा ट्राफिक व्यवस्थापन कार्यशाला सम्पन्न, दुुर्घटना न्यूनिकरण गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखाका लागि ट्राफिक व्यवस्थापन विषयमा एक दिने रणनीतिक कार्यशाला आयोजना गरेको छ । सहज र सरल रुपमा ट्राफिक व्यवस्थापन गर्न रणनीति तयार गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको बताइएके छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालको अग्रसरतामा आयोजना गरिएको उक्त कार्यशालामा वरिष्ठ उपरिक्षक, नायव उपरिवेक्षकहरु, निरीक्षकहरु तथा अन्य दर्जाका अधिकृतहरुले समूहगत रुपमा छलफल गरी व्यवस्थापन विज्ञहरुको सहयोगमा रणनीतिक कार्य योजना तयार पारिएको थियो ।

उक्त कार्य योजनामा के काम गर्ने, कहिले सम्म गर्ने, कसले गर्ने र स्रोत साधनको व्यवस्थापन कसरी र कसले गर्ने भन्ने विषयसमेत समेटिएको छ । कार्यशालामा विभिन्न तहमा कार्यरत २५ जना ट्राफिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यशालाको नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बा तथा शेर्पा एडभेन्चर गिएर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अशुषोत तिवारीको उपस्थिती थिए ।
कार्यशालाको समापनमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यशालाबाट निस्किएको रणनीतिक कार्य योजनाको कार्यान्वयन पछि आगामी दिनमा सडकमा खटिएर काम गर्ने ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन तथा दुुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

त्यस्तै सर्वसाधारण नागरिकलाई सवारी प्रयोग तथा संचालन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सुरुवातमा काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापन गर्नका लागि देखिएका कठिनाईहरु, ट्राफिक प्रहरीका अप्ठ्याराहरु, सुधार गर्न चाल्नु पर्ने कदमहरु आदिलाई समेटेर एनवीआइका एकेडेमिक डाईरेक्टरले “एक नागरिकको अनुभव”शीर्षकमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL