Logo

‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’को तयारी पुरा, खेलाडीहरु नेपाल आइपुगे

‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’को तयारी पुरा, खेलाडीहरु नेपाल आइपुगे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमै पहिलो पटक हुन लागेको अन्तरराष्ट्रिय स्तरको ‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’को तयारी पुरा भएको छ । रेस्लिङ खेलको आकर्षणलाई ध्यानमा राखेर नेपाल रिङ रेलिस्ङ संघले यही बैंशाख ४ गते गर्न लागेको आयोजनाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

शनिबार दिउसो १ बजे दशरथ रंगशालमामा हुने प्रथम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन् । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने विभिन्न देशका रेस्लरहरु काठमाडौं आइसकेका छन् । १ दर्जनभन्दा बढी रेस्लरहरु मंगलबार नै नेपाल आइपुगेका महासचिव श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार उक्त आयोजनामा सहभागिता जनाउनका लागि १ हजार, ५ सय र ३ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । उक्त टिकटमार्फत ललितपुर मोवाइल कम्प्लेक्सको सहकार्यमा ३ जना दर्शकलाई स्मार्टफोन उपहारको व्यवस्था समेत गरिएको छ । उक्त ओजनामा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहने समेत उनले जानकारी दिइन् ।

दर्शकहरुलाई सहज रुपमा रेस्लिङ प्रतियोगिता हेर्ने वातावरण मिलाउन नेपाल प्रहरी, सेकुरिटी गार्ड र स्वयसेवकको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि हालसम्म जापान, मंगोलिया, म्याक्सिको, अमेरिका, न्युजिल्यान्ड, लन्डनलगायतका देशहरुबाट पुरुष तथा महिला रेस्लरहरु नेपाल आइसकेका छन् । अन्य रेस्लरहरु पनि आउनेक्रम जारी रहेको उनले बताइन । त्यसैगरी नेपालका चर्चित रेस्लरहरु नुवाकोटे टाइगर, कोजु, युग, बाबा बोइ, कोब्रालगायतले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ३ प्रारुपका खेलहरु संचालन हुने छन् । ट्याग टिम (२भर्सेस २), ३ भर्सेस ३ र सिंगल प्रकृतिका फाइट हुने छन् । त्यसैगरि महिला रेस्लरहरुको अर्काे प्रकृतिको फाइट हुने छ । प्रतियोगिताको मुख्य आकर्षणका रुपमा रहेको वेल्ट सोहि दिन नै विजेता खेलाडीलाई हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL