Logo

नयाँ वर्षमा प्राइम स्टोरको उपहार योजना , २५ प्रतिशतसम्म छुट

नयाँ वर्षमा प्राइम स्टोरको उपहार योजना , २५ प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम स्टोरले नयाँ वर्ष २०७३ को अवसर पारेर ग्राहकलाई आकर्षक छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । ग्राहकलाई मोबाइल र एसेसरिज खरिदमा नयाँ अनुभूति दिलाउन उक्त योजना ल्याएकोे स्टोर सञ्चालक सागर गौतमले बताए ।

यस योजना अन्तर्गत ग्राहकले मोबाइल सेट खरिदमा ५ देखि १५ प्रतिशतसम्म र कभर, ब्याट्री, प्रोटेक्सन ग्लास, स्टिकर, चार्जर, हेडफोन जस्ता एसेसरिजमा २५ प्रतिशतसम्म छुट पाउने छन् । यसका अलाबा हरेक मोबाइल सेट खरिदमा आठ जिबीको मेमोरी कार्ड उपहार दिने गौतमले जानकारी दिए ।

‘नयाँ वर्षको अवसरमा सामान किन्ने हरेक ग्राहकलाई नयाँ अनुभव होस् भनेर हरेक सामानमा छुट दिएका छौं,’ गौतमले भने । प्राइम स्टोरमासबै जसो विश्व स्तरीय ब्रान्डका मोबाइल सेट र एसेसरिज उपलब्ध छन् । यसले सामसुङ, जियोनी, हुवावे, माइक्रोम्याक्स, एमआई, लाभा र एप्पल ब्रान्डका मोबाइलको कारोबार गर्छ ।

प्राइम स्टोरले ब्रान्डेड सामानमात्र बिक्री गर्ने हुँदा यहाँ किनेको मोबाइलको मर्मतसम्भार, वारेन्टी जस्ता सुविधा कम्पनीका जुनसुकै सर्भिस सेन्टरबाट लिन सकिने छ । ‘हामीलाई निर्माताले जुन गुणस्तरको सामान उपलब्ध गराउँछ, ग्राहकले त्यही नै पाउनुहुन्छ,’ उनले भने, ‘यहाँबाट किनेको फोनको ब्याट्री, हेडफोन, चार्जर जस्ता महत्वपूर्ण पार्टपुर्जा साटिएको छ कि भन्ने आशंका गर्नु पर्दैन ।’ बढी नाफा कमाउन चार्जर, ब्याट्री, हेडफोन जस्ता पार्टपुर्जा साटफेर गर्ने प्रवृत्ति बजारमा व्याप्त छ ।

प्राइम स्टोरले ग्राहकलाई मोबाइल एक्सचेन्जको सुविधा पनि दिएको छ । यहाँ चालु अवस्थाका पुराना सेटसँग नयाँ साट्ने सुविधा उपलब्ध छ । स्टोरले चालु अवस्थाका पुराना सेट आकर्षक मूल्यमा खरिद गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL