काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वाेच्च अदालत फर्किने भएका छन् । उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएपछि उनी आजै सर्वाेच्च फर्किने तयारीमा रहको स्रोतले जानकारी दिएको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएपछि उनी सर्वाेच्च फर्किने तयारी गरिरहेको उनको निकट स्रोतले बताएको छ ।
जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएको बुझिएको छ ।