Logo

निजी तथा सरकारी कार्यालयलाई महानगरको ३५ दिने अल्टिमेटम, आफ्नो अफिस परिसर सफा नगरे जरिवाना

निजी तथा सरकारी कार्यालयलाई महानगरको ३५ दिने अल्टिमेटम, आफ्नो अफिस परिसर सफा नगरे जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरुका परिसर र शौचालय सफा गर्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सहरको सुन्दरतामा ध्यान पुर्याउन निर्देशन दिएको हो ।

महानगरपालिकाभित्र संचालित सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्थालगायतका कार्यालयहरु सफासुग्घर राख्न निर्देशन दिईएको छ । यस्ता कार्यालयहरुले गरेको फोहोरकै कारण सहर सुन्दरतामा ह्रास आएको महानगरको ठम्याई छ ।

कार्यालय परिसरमा रहेका सबै प्रकारका फोहोरमैला, पुराना उपकरणलगायत ३५ दिनभित्र सफा नगरे महानगरपालिकाले सफा गर्ने र त्यसको खर्चको भर्पाई सम्बन्धित कार्यालयबाटै गराईने सूचनामा उल्लेख छ । यदि महानगरपालिकाको सूचनालाई अटेर गरी सफा नगरेको पाईएमा सोही अनुसार दण्ड जरिवानासमेत हुने महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्