Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार भने प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार भने सुनको मूल्य बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ५० मा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्