Logo

प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिदैं, अन्तिम मत मरिणाम आजै सार्वजनिक हुने

प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिदैं, अन्तिम मत मरिणाम आजै सार्वजनिक हुने



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज (मंगलबार) सकिने भएको छ । मंगलबार बिहान ०५ः५० सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ ।

जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा ९माओवादी केन्द्र० ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL