Logo

रुपन्देहीमा कृषि विकास बैंकको नयाँ शाखा, अत्याधुनिक बैंकिङ सेवा प्रदान

रुपन्देहीमा कृषि विकास बैंकको नयाँ शाखा, अत्याधुनिक बैंकिङ सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकले रुपन्देही जिल्लाको सौं फर्साटिकरमा शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा लैजाने उद्देश्य अनुसार उक्त स्थानमा अत्याधुनिक सेवा सहितको नयाँ  शाखा संचालनमा ल्याएको हो ।

आज एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त शाखाको उद्घाटन गरे । बैंकको ४९ वर्षको इतिहासमा हिमाल देखि तराई सम्म संजाल भै कारोवार संचालन गरिरहेको यस बैंकले अव आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता गरे । ‘बैंकको कुल लगानीको ३१ प्रतिशत कृषिमा लगानी गरेर यस बैंकले कृषि क्षेत्रलाई नै लगानीको मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्य अघि बढाई रहेको छ,’ उनले भने, ‘कृषि विकास बैंकले देशको आर्थिक विकासमा गाँऊ देखि बजारसम्मका जनतालाई आवश्यक  बैंकिङ सेवा पुर्याइरहेकोछ ।’

कार्यक्रम कृषि विकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक अरुणकुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख भरतप्रसाद साह, मुख्य कार्यालयका शाखा प्रमुख हिमलाल पौडेल, शाखा अधिकृत राजेन्द्र पराजुलीका साथै त्यस क्षेत्रमा कार्यरत बैंकका कर्मचारी, स्थानिय बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL