Logo

९९ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य साढे १३ सय नजिक

९९ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य साढे १३ सय नजिक



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर ९९ हजार नाघेको छ । बिहीबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ९९ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले उकालो लागेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको सुनको मूलइ शुक्रबार प्रतितोला १५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्