Logo

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ १ करोड ३ लाख ४६ हजार ८ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार ६ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।

यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा ९माओवादी केन्द्र० तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८४ हजार ९ सय ६९, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ७ सय ५० र जनमत पार्टी ३ लाख ९४ हजार १ सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको ३ प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ९ सय ५ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ५ सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ लाख ६७ हजार १ सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार २६ मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL