Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा उच्च वृद्धि

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा उच्च वृद्धि



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ५ सय रुपैयाँ बढेर ९८ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ । बुधबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्