बिजखबर संवाददाता
२९ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बुधवारदेखि लागुहुनेगरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक लोडसेडिङ साढे ९ घण्टादेखि ११ घण्टा हुनेछ ।
प्राधिकरणका अनुसार हप्ताको २ दिन ११ घण्टा विद्युत् काटौती हुनेछ भने अर्को २ दिन साढे १० घण्टाको दरले लोडसेडिङ हुनेछ । यसैगरी अन्य ३ दिन साढे ९ घण्टाको विद्युत कटौती हुनेछ ।