Logo

बाजुरा र स्याङ्जामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

बाजुरा र स्याङ्जामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले मतगणना रोकिएका बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगरी पुरानै मतपत्र गणना गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले उक्त क्षेत्रहरुमा मतगणना सुरु गर्नसमेत निर्देशन दिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा यी क्षेत्रमा धाँधली भएको भन्दै मतगणना स्थगित गरिएको थियो ।

यस्तै धाँधली भएको भनिएको दोलखाका विभिन्न स्थानमा भने भोली पुनः मतदान हुने भएपनि यी २ क्षेत्रमा भने पुनः मतदान गर्न नपर्नेगरी आयोगले चुनावको १० दिनपछि निर्णय गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्