Logo

भारतले हटायो चामल निकासीमा लगाएको प्रतिवन्ध, थपिएको २० प्रतिशत कर पनि खारेज

भारतले हटायो चामल निकासीमा लगाएको प्रतिवन्ध, थपिएको २० प्रतिशत कर पनि खारेज



काठमाडौं । भारले चामल निकासीमा लगाएको प्रतिवन्ध हटाएको छ । भारतले विश्व व्यापार चक्रमा धक्का पुगेको भन्दै स्वदेशमा उपभोग्य वस्तुको अभाव हुन नदिन गत भदौ तेस्रो सातादेखि कनिका र गैरबासमती चामलको निकासीमा प्रतिवन्ध लगाएको थियो । जसका लागि चामलमा भारतले २० प्रतिशत कर थपेको थियो ।

भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले मंगलबार एक सूचना जारी गर्दै कनिका र गैरबासमती चामलको निकासी प्रतिबन्ध हटेको जानकारी दिएको हो ।

नेपालमा खपत हुने चामल ठुलो मात्रामा भारतबाटै आयात हुन्छ । भारतले चामल र कनिका निकासीमा कडाई गरेपछि नेपालमा चामलको मूल्यमै केहि असर गरेको थियो । अब भने भारतले यसको प्रतिवन्ध हटाएपनि केहि सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्