Logo

सम्पति शुद्धिकरण विभाग र प्रहरीबीच समझदारी, सुचना आदनप्रदान र अनुसन्धानमा सहयोग

सम्पति शुद्धिकरण विभाग र प्रहरीबीच समझदारी, सुचना आदनप्रदान र अनुसन्धानमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन महानगरीय अपराध महाशाखा र सम्पत्ति शुद्धिकरण अनुसन्धान महाशाखाबीच एक समझदारी पत्रका हस्ताक्षर भएको  छ । उक्त समझदारीसँगै सम्पत्ति शुद्धिकरण र आतंवादी क्रियाकलाप न्युनिकरणका लागि दुवै पक्षले पारस्परिक समन्वय गर्ने भएको छन् । समझदारीपत्रमा विभागका महानिर्देशक दामोदर रेग्मी र महाशाखा प्रखुम सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन्

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधी भित्र रही दुवै पक्षले सूचना आदान प्रदान गर्ने छन् । यसैगरी, आ–आफ्नो क्षेत्राधिकारका विषयहरु सुक्ष्मरुपमा अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्याउने भएका छन् ।

समझदारी अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीहरुलाई सक्षम गराउदै आवश्यक्ता अनुसार परिचालन गरिने भएको छ । यस्तै सो कार्यका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट स्रोत तथा साधनको व्यवस्था गरी परिचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL