Logo

रवि लामिछानेले सार्वजनिक गरे आफ्नो चुनाव खर्च, ११ लाख ८१ हजारमात्र खर्च गरेको दाबी

रवि लामिछानेले सार्वजनिक गरे आफ्नो चुनाव खर्च, ११ लाख ८१ हजारमात्र खर्च गरेको दाबी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनावी खर्च सार्बजनिक गरेका छन् । चितवन(२ बाट चुनाव जितेका लामिछानेले आफ्नो ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले औपचारिक सपथग्रहणको दिनसम्म आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

साथै लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताउदै प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफु उपस्थित हुने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL